×

२०७९ साल आषाढ १७ गते शुक्रबार, हेर्नुहोस आजको राशिफल

images

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

नयाँ प्रबिधिको प्रयोग मार्फत आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउदै विजय भईनेछ । राम्रा काम गरी अरुको बिस्वास जित्न सकिनेछ भने पुरुषार्थि काम गरि नतिजा आफैतिर पार्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिवर्तन गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

लेखन,कला तथा साहित्यको क्षेत्रमा प्रसस्त समय दिएपनि ढिलामात्र चाहेको उपलब्धी हासिल हुनेछ । न्यालयसँग सम्बन्धित कामहरु थाती राख्नुहोला समय मध्ययम रहेकोछ । दाजुभाई तथा छिमेकीसँग सम्बन्ध चिसिनेछ । यात्रा गर्दा ध्यान दिनुहोला कष्टकर नहोला भन्न सकिन्न । व्यापारमा मन्दी आउने तथा उत्पादन मुलक क्षेत्रमा घाटा लाग्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

बोलिको प्रभाव बढ्नुको साथै तपाईबाट महत्वपूर्ण तथा दुरगामी निर्णयहरु हुनेछन् । समाज तथा छिमेकीहरु तपाईको प्रतिष्ठित काम देखेर खुशि हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्बसँगको सम्बन्धमा नयाँ आयामको विकास हुनेछ । कलाकृतिसँग सम्बन्धीत क्षेत्रमा काम गर्नेहरुका लागी समयले साथ दिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

नयाँनयाँ कामको प्रस्ताव आउनेछ भने गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । खाजीमुलक क्षेत्रमा रुची बढ्नेछ भने अध्ययनमा भनेजस्तो सफलता चुम्न सकिनेछ । सामाजिक काम गरी ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । प्रेमील जोडिहरुका लागी समय उत्तम रहेकोछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आजको समय उत्तम रहेकोले विदेशमा उत्पादन भएका सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । लामो दुरिको विदेश यात्राको गतिलो योग रहेकोछ भने विदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरुका लागि समयले साथ दिनेछ । शेयर बजार, बैक,लघुबित्त तथा आर्थिक क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने अग्रज,आफन्तको सुझावलाई शिरोधार्य गर्दै अगाडी बढे दिन फलदायी रहनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

आम्दानिका नयाँनयाँ स्रोतहरु प्राप्त हुनेछ भने व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । खनिज पदार्थ तथा तरल पदार्थसँग सम्बन्धीत बस्तुको व्यापार फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । आफन्त तथा दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी जनताको समर्थन पाईने तथा पद प्राप्तीको योग रहेकोछ । व्यावसायमा लागनी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पतीको प्रयोग गरि आए बढाउन सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

समयको महत्व बुझेर अगाडी बढ्दा चाहेको गन्तव्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ । प्रशासनिक काममा केहि ढिला सुस्तिको चपेटामा परिएपनि अन्तत काम हुनेछ । खोजीमुलक काममा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । व्यापार व्यावसायमा केहि मन्दि आएपनि दैनिकि प्रभावित हुनेछैन ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

नसोचेको धन तथा सम्पती हात लागी हुने योग रहेकोछ । अग्रज,आफन्त तथा दिदि बहिनीबाट काममा तथा आर्थिक सहयोग पाईनेछ । खोजमुलक क्षेत्रमा चासो बढ्ने तथा लामो समयदेखी गरी आएको काम सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो समयको लागी पद प्राप्तीको योग रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पुराना कमिकमजोरिहरु सुधार्दै जीवन शैलिमा उल्लेख्य सुधार गर्न सकिनेछ । भौतिक तथा विलाशी वस्तुको प्रयोग गर्न पाईने हुँदा मन प्रशस्न हुनेछ । आर्थिक अवस्था सुधार गर्नको लागी गरिने क्रियाकलापहरुबाट मनग्ने धन आर्जन गर्न सकिनेछ । व्यापारकै शिलशिलामा लामो तथा व्यावसायिक यात्राको तय गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पढाइ लेखाइमा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । पुराना ऋण सकिने तथा रोगहरु बिशेक भएर जानेछ । आफन्त तथा मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । लामो समय सम्म आम्दानी भईरहने व्यावसाय सुरु गर्न सकिनेछ । प्रेमको डोरो कसिनेछ । सत्रुमाथी विजय गर्न सकिने तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा सम्पादन हुनेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

उद्यमी तथा व्यापारीहरुका लागि दिनले साथ दिने हुँदा प्रशस्त आम्दानी गर्न सक्नेछन् । आकस्मिक धन सम्पती लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् । भौतिक बस्तु तथा सवारी साधन प्राप्तिको योग रहेको छ । पढाइ लेखाइमा राम्रो प्रगती हुनेछ भने बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट तपाईंले गरेको काममा सहयोग हुनेछ ।

शुक्रबार​ १७ असार २०७९ ०७:०८ AM मा प्रकाशित

प्रतिक्रिया