×

गठबन्धनको सरकार पाँच वर्ष चल्छ , कसैले हिलाएर हिल्दैन- प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको सरकार पाँच वर्ष नै चल्ने दाबी गरेका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशद्वारा आज कास्कीको पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन सरकार कसैले हिलाएर नहिल्लिने बताएका हुन् । “गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यो कसैले हिलाएर हिल्दैन । हामी समझदारीका साथ अगाडि बढ्छौँ,”– उनले भने ।

भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचार देशको विकराल समस्या भएको उल्लेख गरे । नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ सरकार अगाडि बढेको जिकिर गर्दै उनले थप तीव्रताका साथ अघि बढ्ने बताए ।

अर्थतन्त्र धरासायी बढी नै हुन्छ कि भन्ने रहेका अवस्थामा यो बिस्तारै लयमा फर्किएको उनको भनाइ थियो । यसपटकको भारत भ्रमण ऐतिहासक भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रको हितमा भारतसँग धेरै महत्वपूर्ण समझदारी भएको बताए ।

“भारतीय प्रधानमन्त्रीले आफैँ सीमा समस्या हल गरिन्छ भन्नु ठूलो विषय हो । यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैनन्”, उनले भने ।

शनिबार १६ असार २०८० ०९:५२ PM मा प्रकाशित

प्रतिक्रिया