×

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सुरु

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरू भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल प्रचण्ड र  नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको हो। 

दुई नेताबीच हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता भइरहेको छ।  यसलगत्तै पुनः प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ। उक्त भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन गरी दुवै देशका प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ। प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच ‘महत्त्वपूर्ण सम्झौता’ हुने दाबी गरेका छन्। 

भ्रमण टोलीसहित बुधबार भारत पुगेका प्रधानमन्त्री प्रचण्ड चार दिन भारतमा रहनेछन्। चौथो दिन अपराह्न उनी दिल्लीबाट काठमाडौं फर्कने कार्यक्रम छ।
प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजनासमेत गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आजै ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखड र ४ः३५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । साँझ सवा ६ बजे होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्नेछन् ।

बिहीबार १८ जेठ २०८० ११:४० AM मा प्रकाशित

प्रतिक्रिया