×

रास्वपाको संसदीय दल र केन्द्रीय समिति बैठक बस्दै, सरकारलाई दिएको समर्थन बारेमा निर्णय लिने

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे र संसदीय दलको बैठक दिउँसो ३ बजे पार्टी कार्यालय बसुन्धारामा बस्न लागेको हो । उपनिर्वाचनबाट सभापति रबि लामिछाने पुनः निर्वाचित भएर आए पछि पहिलो पटक केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्न लागेको हो । 

 बैठकको पूर्वसन्ध्यामा आइतबार लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका थिए । प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको समर्थन कायमै राख्न अनुरोध गरे पनि सरकारले हालै ल्याएको ‘नीति तथा कार्यक्रम’मा भ्रष्टचारलाई कारबाही गर्ने बिषयको बुदाँ नै हटाएकोमा लामिछानेको विमति छ । रास्वपाले आज सरकारलाई   दिएको समर्थनमा सन्दर्भमा निर्णय लिने छ ।

यसैगरी, आजको बैठकले सभापति लामिछानेलाई पुनः संसदीय दलको नेतामा चयन गर्ने एजेन्डा रहेको छ । नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसालापछि उनी सबै पद मुक्त भएका थिए । पुनः नागरिकता प्राप्तिपछि पार्टी सभापतिमा पुनर्वहाली भए ।

यता आज बिहान प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले रास्वपालाई सरकारमा आउन आग्रह गर्दै आफू भ्रष्टाचारको जुनसुकै फाइल खोल्न तयार भएको बताएका छन।   

 प्रचण्डले भने, ‘सरकारमा आउनुस् भ्रष्टाचारको कुनचाहिँ फाइल खोल्नु पर्‍यो म खोल्न तयार छु ।’ 

लामिछानेले सरकारलाई दिएको समर्थनको विषयमा आजको केन्द्रीय समितिको बैठकमा गम्भीर समीक्षा तयारी गरेपछि प्रधानमन्त्री प्रचण्ड रास्वपा सरकारका सहभागी हुनेमा आशावादी देखिएका छन् ।  ‘समर्थन फिर्ता लिने स्थिति म देख्दिनँ । सरकारमा सहभागी हुने विषयमा छलफल भइराखेको छ,’ उनले भने ।   

सोमबार १८ बैशाख २०८० १०:१९ AM मा प्रकाशित

प्रतिक्रिया