×

रवि जी सरकारमा आउनुहोस्, भ्रष्टाचारका फाइल खोल्न म तयार छु- प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ सरकारमा आए आफू भ्रष्टाचारको जुनसुकै फाइल खोल्न तयार रहेको बताएका छन्।

आज बिहान प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले रास्वपालाई सरकारमा आउन आग्रह गर्दै आफू भ्रष्टाचारको जुनसुकै फाइल खोल्न तयार भएको बताएका हु्न्। 

लामिछानेलाई जवाफ दिंदै प्रचण्डले भने, ‘सरकारमा आउनुस् भ्रष्टाचारको कुनचाहिँ फाइल खोल्नु पर्‍यो म खोल्न तयार छु ।’ रास्वपा सभापति लामिछानेले वैशाख १० गते चितवन२ बाट उपनिर्वाचत जितेपछि सरकारमा सहभागी हुनुको औचित्य र आवश्यकता नरहेको प्रतिक्रिया दिएका थिए ।

लामिछानेले सरकारलाई दिएको समर्थनको विषयमा आजको केन्द्रीय समितिको बैठकमा गम्भीर समीक्षा तयारी गरेपछि प्रधानमन्त्री प्रचण्ड रास्वपा सरकारका सहभागी हुनेमा आशावादी देखिएका छन् ।  ‘समर्थन फिर्ता लिने स्थिति म देख्दिनँ । सरकारमा सहभागी हुने विषयमा छलफल भइराखेको छ,’ उनले भने । 

लामिछानेले सरकारको न्यूनतम् साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी विषय हटाएकाले भन्दै गम्भीर आपत्तिसमेत जनाउँदै आएपछि प्रचण्डले लामिछाने सरकारमा आउन सकारात्मक रहेको र आफू भ्रष्टाचारको जुनसुकै फाइल खोल्नपनि तयार रहेको बताएछन् ।

आईतबार बालुवाटरमा भएको भेटवार्तामा लामिछानेले आज ‘सरकारकामा सहभागी हुनेबारे आफ्नो पार्टीमा सल्लाह गर्ने र मैले पनि गठबन्धनमा छलफल फेरि भेट्ने तय भएको उनले बताए । उनले वर्तमान सरकार पाँच वर्ष टिक्नेसमेत दाबी गरेका छन् । उनले रास्वपाले पुरानै मन्त्रालय पाउने सम्बन्धमा माग गरे पनि सरकारमा ल्याउने क्रममा छलफलवाट सहमतिमा पुग्न सकिने बताएका छन् ।

सोमबार १८ बैशाख २०८० ०९:५६ AM मा प्रकाशित

प्रतिक्रिया