×

आर्मी आहा रारा गोल्डकपको फाइनलमा

images

१८ माघ, पोखरा । चर्च ब्वाइज युनाइटेडलाई अतिरिक्त समयमा २-१ ले हराउँदै त्रिभुवन आर्मी क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।पोखरामा भएको खेलमा आर्मीलाई जिताउन रसबहादुर मगरले ९९ औं मिनेटमा गोल गरेका थिए ।यसअघि दुवै टिमबाट १–१ गोल भएपछि  खेल अतिरिक्त समयमा थकेलिएको थियो । ६१ औं मिनेटमा दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाए पनि चर्च ब्वाइजका समिर तामाङले ८५ औं मिनेटमा गोल फर्काएका थिए । विजेताले माघ २० गते प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लबले थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ । 

बिहीबार १८ माघ २०८० ०५:४१ PM मा प्रकाशित

प्रतिक्रिया